तुला राम डाँगी क्षेत्रि , ८८४ पटक हेरिएको

सल्यान / चैत्र,२८
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि रुचाई रहेका छन् । यसै क्रममा गायक सर्जक कमल ज्योतिको आवाजमा ´सिन्दुर` गित बजारमा सार्वजनिक भएको छ ।
गित संगितमा आफ्नो छुट्टै पहिचान बनाएका गायक सर्जक कमल ज्योति पाल्पामा जन्मिएका हुन् । उनी पाल्पामा जन्मे पनि भारतलाई कर्म थलो बनाउदै आएका छन् । उनी भारत स्थित भारतीय प्रहरी जवानमा कार्यरत रहेक छन । उनका चर्चित गित स्वर्ग जाने बाटो, फर्की आउदिन, पन्चेबाजाहरु लगायात दर्जनौं बढी गित बजारमा छन् । उनि पराइ भूमिमा रहेपनि गित संगीतलाई भने अथाह माया गर्छन।
गीतको भिडियो हेर्न तल क्लिक गर्नुस
अहिले भख्खर मात्र बजारमा आएको ´सिन्दुर` गितमा कमल ज्योति र सबिना मगरको आवाज रहेको छ । गायिका सबिना मगर संखुवासभा खादबारिमा जन्मिएकी हुन् । उनी संखुवासभामा जनिएता पनि उनले काठमाण्डौलाइ कर्मथलो बनाएर बसेकी छिन। गाइका सबिना मगरले पनि धेरै एल्बमहरुमा आवाज दिएकि छन्।
उक्त गितमा कमल ज्योतिको लय अनि कुसुम मगर र सुशन श्रेष्टको शब्द संकलन रहेको छ। एरेन्ज कृष्णा वनजा ले गरेका छन् भने मिक्सिङ्ग श्याम पसीना रसैली ले गरेका हुन् । उक्त गीतको भिडियो बबीता श्रेष्ठले निर्देशन गरेकि हुन् भने गितको म्युजिक प्रिज्मा स्टुडियोमा रेकर्डिङ गरिएको हो । गितको भिडियोमा सबैले रुचाएका भुन्टी सिरिएल कि आशा खड्का र बिरेन्द्र ढकाल लगायतको अभिनय रहेको देख्न पाईन्छ ।
भिडियो तुला राम डाँगी क्षेत्रि युट्यु च्यानल बाट सार्बजनिक गरिएको छ ।
गीतको भिडियो हेर्न तल क्लिक गर्नुस
प्रकाशित मिति: २०२३-०४-११ , समय : २१:३०:४२ , २ महिना अगाडि