बुद्धि पुन , ३४३४ पटक हेरिएको

नेपाल निवृत्त राष्ट्रसेवक समाज सल्यानका अध्यक्ष टोप बहादुर मल्लले निवृत राष्ट्रसेवक पनि सामाजिक कार्यमा सक्रिय बन्नुपर्छ भन्ने सन्देश प्रवाहका लागि अस्पताल परिसरमा प्रशिक्षालय निर्माण गरिएको बताउनुभएको छ । उक्त प्रतिक्षालय बुधबार स्वास्थ्य सेवा कार्यालय सल्यानलाई हस्तान्तरण गरिएको छ । समितीका अध्यक्ष मल्लले स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीलाई हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा समितीका कोषाध्यक्ष बालकृष्ण भट्टराई, सदस्य हुकुमराज आचार्य, नवराज थापा, प्रतीक्षालय निर्माण समिती संयोजक शर्मा लगाएतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०४-१३ , समय : ०७:१०:१९ , २ महिना अगाडि