नेपाली नयाँ वर्ष मनाउन हिमालयन एयरलाइन्स चार्टड गरेर नेपाल आए १८१ जना चिनियाँ नागरिक

सल्यान परिबेश डट्कम , ४२४९  पटक हेरिएको

जहाज नै चार्टड गरेर एक सय ८१ जना चिनियाँ नागरिक नेपाल आएका छन् ।

चिनियाँ नागरिकहरू नेपाली नयाँ वर्ष मनाउन हिमालयन एयरलाइन्स चार्टड गरेर नेपाल आएका हुन् ।

चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरे ।

पर्यटकहरुलाई नेपाली मौलिक बाजा पञ्चेबाजा बजाएर पनि स्वागत गरिएको छ । पर्यटकहरुले नेपाल र चीनको झण्डा बोकेका थिए ।


प्रकाशित मिति: २०२३-०४-१३ , समय : ११:४१:२२ , २ महिना अगाडि