नयाँ बर्षको शुभकामना

सल्यान परिबेश डट्कम , १०९७५  पटक हेरिएको

– दिलिप योन्जन तामाङ , हाल अमेरिका

नयाँ बर्ष पनी आउछ जान्छ सधैं उमेर बडाएर
हासो खुसी कसरी मनाउ,आफ्नै उमेर घटाएर !

चाहाना कामना सबैको पुगोस,खै कसरी भनौ
सुख शान्ती कहिले आएन नयाँ बर्ष मनाएर !

हुनेलाई सधैं मोजमस्ती छ के नयाँ के पुरानो
अरुको हेरेर खै कसरी रमाउ नयाँ बर्ष सजाएर !

सबैको हासो र खुसी देख्छु आफ्नो सधैं पिडा
लाउने खाने छैन, खै कसरी मनाउ मनै जलाएर !

पोहोरको सावा ब्याज नतिर्दै नयाँ बर्ष आएछ
आउछ जान्छ नयाँ बर्ष आँखामा आसु छल्काएर !


प्रकाशित मिति: २०२३-०४-१४ , समय : १५:१५:१० , ८ महिना अगाडि