सल्यानमा नया बर्षकै दिन जनप्रतिनिधि र उपभोक्ताको सहकार्यमा श्रमदानको सुरुवात

तुला राम डाँगी क्षेत्रि , ५९०५  पटक हेरिएको

सल्यान / बैसाख, १ –

सलयानको कपूरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले २०८० साललाई श्रम बर्सको रुपमा बिताउने र सकेसम्म बिकास निर्मान र मर्मत सम्भार मा नागरिकको श्रम सहभागिता गराउने अभियान थालनी गर्नु भएको छ ।

आज २०८० बैसाख १ गतेका दिन यो कार्यको सुरुवात को रुपमा घोप्टे ओढार तुसारे झरन, सोलार लिफ्टिङ सिचाइ योजना कपुरकोट ५ को अपुरो कार्य सम्पन्न गर्नका लागि करिब १५जना उपभोक्ता हरुको साथ लियर यो श्रम्दान को सुरुवात गरियको हो ।


आफू सङ्ग श्रम मा जनप्रतिनिधि पनि सहभागी हुदा अत्यन्तै खुसी लागेको कुरा श्रम मा सहभागी भद्र बहादुर डागी, राम बहादुर बि क , डिल्ली ओलि, खिम राज ओलि, बहादुर बोहरा, प्रताप बि क लगायतले प्रतिक्रिया दिएका छन ।


Salyan Kapurkot

Salyan Kapurkot

अब उप्रान्त प्रत्येक शुक्रबार लाइ श्रम बार को रुपमा घोषणा गरेर जनप्रतिनिधि र उपभोक्ता समेतको सहकार्य मा श्रमदान बाटै उपभोक्ता हरुका सानातिना पुर्बाधार र मर्मत सम्भार का कामहरुलाइ योजनाबद्ध रुपले सम्पन्न गर्ने लक्ष्य रहेको उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो ।


Salyan Kapurkot

Salyan Kapurkot


प्रकाशित मिति: २०२३-०४-१४ , समय : २२:१७:१६ , ५ महिना अगाडि