सल्यान परिबेश डट्कम , ११७२ पटक हेरिएको

काठमाडौं, २ वैशाख । काठमाडौंको बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तिर्थमाली बसेको घरमा गोली चलाउने एक सुरक्षाकर्मी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी सहायक हवलदार प्रकाश पुनमगर रहेको स्रोतले बतायो । उनी नातामा तिर्थमालीको नाति रहेको समेत बुझिएको छ ।
गएराति नयाँ वर्षको अवसरमा घरमै खानपीन चलिरहेको बेला गोली चलेको थियो ।
खुट्टामा गोली लागेर ७४ वर्षीया नेता वर्षमान पुनकी आमा तिर्थमाली घाइते भएकी छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१५ , समय : ११:२०:४५ , ८ महिना अगाडि