सल्यान परिबेश डट्कम , २३७४ पटक हेरिएको

हरेक कलाकारहरुका प्रस्तुतिमा नयाँ स्वाद दिएर बजारमा ल्याउने प्रयास गरिएको हुन्छ । पछिल्लो समय अशंख्य श्रोता तथा दर्शकहरु गीत संगीतलाई बुझेर हेर्ने सुन्ने क्षेमतावान छन् ।
यसैलाई मध्यनजर गर्दै भर्खरै मात्र “तिमि दियो हौ” बोलको गीत सार्बजनिक गरिएको छ । गीतमा शब्द, संगीत र स्टुडियो क्वालिटीलाई कन्चुसाई गरिएको छैन ।
ज्ञानेन्द्र स्वर्णकार द्वारा शब्द संगीत भरिएको प्रस्तुत गीतमा पुजा देवकोटा र ज्ञानेन्द्र स्वर्णकारको सुमधुर स्वर सुन्न सकिन्छ ।
महेश बिक्रम पाण्डेको संगीत संयोजन, रेकडिंग र मास्टरिङ्ग मा तयार भएको गीतको म्युजिक भिडियोमा गायक गायिका स्वयम् पुजा र ज्ञानेन्द्र देखिएका छन् ।
“तिमि दियो हौ” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन महेश बिक्रम पाण्डेले गरेका हुने भने छायांकन बिरेन्द्र परियार र सम्पादन अश्मिता विष्टको रहेको छ । गीतलाई गोल्ड भोइस स्टुडियो नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
प्रकाशित मिति: २०२३-०४-१६ , समय : १२:५१:३८ , २ महिना अगाडि