सल्यान परिबेश डट्कम , १२०८ पटक हेरिएको

शनिबार रौतहटको गढीमाई नगरपालिका-८ मा घटेको गोली काण्डमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सडक विस्तारका क्रममा झडप हुँदा गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो ।
गोली लागेर अन्य दुई जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको छ । घटनापछि अधिकांशले गाउँ छोडेका बताइएको छ ।
मृतक यादवको शव परिवारले बुझ्न मानेको छैन । उनको शव अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: २०२३-०४-१६ , समय : १३:००:४५ , ८ महिना अगाडि