सल्यान परिबेश डट्कम , ७०४ पटक हेरिएको

काठमाडौं / वैशाख, ४ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरको छटबाट खसेर गम्भीर घाइते भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले चालक दिलबहादुर थापा सुतेको कोठामा रक्सीको बोतल भेट्टाएको छ । गम्भीर घाइते भएका चालकसँगै पार्टी प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुराम राजवंशी पनि सुतेका थिए ।
उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीलाई बयान दिनेक्रममा आफू निदाएको र घटना घटिसकेपछि मात्रै ब्युँझिएको बताएका छन् ।
उनीहरू सुतेको कोठामा रक्सीको बोतल भेटिनुले रक्सीले अनियन्त्रिtत हुँदा छतबाट खसेको हुन सक्ने अनुमान गरिएको छ । थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१७ , समय : १३:५४:३८ , ५ महिना अगाडि