वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाइने

सल्यान परिबेश डट्कम , २६८३  पटक हेरिएको

सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।


प्रकाशित मिति: २०२३-०४-१७ , समय : १४:१९:०२ , ५ महिना अगाडि