सल्यान परिबेश डट्कम , २९८५ पटक हेरिएको

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।
महासंघले आजको मूल्यसूची कायम गर्दै हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको जानकारी दिएको हो ।
महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो आइतबार समेत छापावल र तेजाबी सुनको कारोबार यही मूल्यमा भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम छ । हिजो यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
प्रकाशित मिति: २०२३-०४-१७ , समय : १४:२७:१८ , ८ महिना अगाडि