सल्यान परिबेश डट्कम , ५१५० पटक हेरिएको

आजको दिन आमालाई मीठा खानेकुरा खुवाउनको लागि धेरै जना घर तथा माइत जाने क्रम पनि बिहानैदेखि चलिरहेको छ।
सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा टिकटकमार्फत पनि धेरैले आमाप्रति सम्मान व्यक्त गरिरहेका छन्।
माता तिर्थ औँसीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मीठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन्। दिवङ्गत आमाको सम्झनामा काठमाडौं चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा ठुलो मेला लाग्छ।
आमाको लागि मीठा परिकार किन्नेहरूको चापले गर्दा आज मिठाई तथा फलफूल पसलहरूमा भीड हुने गर्दछ।
आजको दिन आमालाई मीठा खानेकुरा खुवाउनको लागि धेरै जना घर तथा माइत जाने क्रम पनि बिहानैदेखि चलिरहेको छ।
सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा टिकटकमार्फत पनि धेरैले आमाप्रति सम्मान व्यक्त गरिरहेका छन्।
मातातीर्थ औँसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धूमधामका साथ मेला लाग्ने गर्दछ। तिर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्दछन्।
प्रकाशित मिति: २०२३-०४-२० , समय : १०:१९:२६ , २ महिना अगाडि