सल्यान परिबेश डट्कम , १०१९ पटक हेरिएको

काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारबाट घाइते महिलाको मृत्यु भएको छ ।
आज बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट घाइते भएकी ती महिलाको चिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले चक्कु प्रहार गर्ने व्यक्तिको अझै पहिचान गर्न सकेको छैन ।
प्रकाशित मिति: २०२३-०४-२० , समय : २१:१४:२८ , ८ महिना अगाडि