जंगलमा लागेको आगो वस्तीमा आउँदा सल्यानमा घर गोठ जलेर नस्ट

सल्यान परिबेश डट्कम , १०९२  पटक हेरिएको

बैशाख ०८, सल्यान । जंगलमा लागेको आगो वस्तीमा आउदा सल्यानमा घर र गोठ जलेर नस्ट भएका छन ।

बिहिवार जिल्लाको कालिमाटी गाउँपालिका ६ को पाखापानी सामुदायिक  वनमा लागेको आगो ओखलढुङगा वस्तीमा लाग्दा रण बहादुर राडिको २ तले ४ कोठे ढुङगा माटोले बनेको कच्चि घरमा रहेको सर-सामान जलि क्षति भएको हो ।

त्यस्तै सोही वडाको खोपाकोटे राष्ट्रिय जंगलमा लागेको आगो स्थानीय टुनिचार कारागाडी वस्तीमा आउदा देविलाल खड्काको २ तले ४ कोठे खरले छुवाएको कच्चि घर र नजिकै सटेको १ तले २ कोठे खरले छाएको कच्चि गोठ जलेर पुर्णरुपमा नस्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

आगलागीबाट घर गोठमा भएका सर सामान जलेर नस्ट भएको र मानविय, चौपाया क्षेती नभएको र अहिले आगो नियन्त्रणमा आईसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

 


प्रकाशित मिति: २०२३-०४-२१ , समय : १८:०९:१४ , ७ महिना अगाडि