तनहुँमा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

तुला राम डाँगी क्षेत्रि , ७७९  पटक हेरिएको

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।

सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ८८३७  मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४०६५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २४०२ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कि उम्मेदवार शोभा गुरुङले २५ मत पाएकी छिन ।

तनहुँ क्षेत्र नं. १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।


प्रकाशित मिति: २०२३-०४-२४ , समय : १०:२९:०८ , ५ महिना अगाडि