डा. स्वर्णिम वाग्लेले कटाए १५ हजार मत

तुला राम डाँगी क्षेत्रि , २२६९  पटक हेरिएको

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार वाग्लेले १५ हजार १ सय ३५ मत पाएका छन् । यस्तै, उनलाई नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार 7 सय ३१ मतले  पछ्याइरहेका छन् ।

यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार सवेन्द्र खनाल रहेका छन् । उनले ४  हजार ९ सय ९९  मत पाएका छन् ।

तनहुँ क्षेत्र नं. १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।


तनहुँ १ - उपनिर्वाचन

तनहुँ १ – उपनिर्वाचन

प्रकाशित मिति: २०२३-०४-२४ , समय : १५:०९:०२ , ५ महिना अगाडि