तुला राम डाँगी क्षेत्रि , ४९६५ पटक हेरिएको

मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवा स्वर्णिम वाग्लेले फराकिलो मतान्तर कायमै राखेका छन् ।
उनले निकटतम प्रतिस्पर्धीभन्दा दश हजार बढी मतान्तर बनाएका छन् । पछिल्लो परिणामअनुसार वाग्लेले २६ हजार ८ सय २७ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार ४ सय ५४ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार २ सय ८९ मत पाएका छन् ।

तनहुँ १ – उपनिर्वाचन
प्रकाशित मिति: २०२३-०४-२५ , समय : ००:२९:०९ , १ महिना अगाडि