सल्यान परिबेश डट्कम , ४५७१ पटक हेरिएको

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा टस हारेर कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ ।
नेपालका कुशल मल्ल ४ रन बनाएर आउट भएका छन् । यसअघि कप्तान रोहित पौडेल २७ रन बनाएर आउट भएका थिए भने ओपनर कुशल भूर्तेल २ रन, आशिफ सेख १९ रन भीम सार्कीले ६ रन बनाएर आउट भएका थिए ।
कतारका लागि बलर गायन मुनावीरा र ओवासिस अहमदले दुई/दुई विकेट लिए भने इक्रामुल्लाह अहमदले एक विकेट लिएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलको १८ ओभरमा नेपालले पाँच विकेटको क्षतिमा ७२ रन बनाएर खलिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२७ , समय : १२:३३:०१ , १ महिना अगाडि