बिक्रम क्षेत्री र सिमा नेपाली को आवाजमा ´जेल चलान २ कैदी `गितको भिडियो सार्वजनिक

बिक्रम क्षेत्रीले आफ्नो गितमा सिमा नेपाली लाई पहिलो गित रेकर्डिङ गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् ।

दिल बिक्रम शाही , ९८९  पटक हेरिएको

१४ बैशाख २०८० सल्यान । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि रुचाई रहेका छन् । फरक तरिकाको गित बजार दिनानुदिन आईरहेका छन् । यसै क्रममा बिक्रम क्षेत्री को ´जेल चलान २ कैदि `गितको भिडियो बजारमा सार्वजनिक भएको छ ।

क्षेत्रीले जेल चलान गित २०७५ सालमा बिष्णु माझी को आवाजमा सार्वजनिक गरेका थिए । उक्त गित पछि बिष्णु माझीलाई टक्कर दिने आवाज भएकी नव गायिका सिमा नेपाली सँग जेल चलान २ कैदी गित बजाएरमा ल्याउन सफल भएका छन ।

बिक्रम क्षेत्रीले आफ्नो गितमा सिमा नेपाली लाई पहिलो गित रेकर्डिङ गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् ।

अहिले भख्खर मात्र बजारमा आएको गित ´ जेल चलान २ कैदि` गितमा बिक्रम क्षेत्री र सिमा नेपाली को आवाज रहेको छ । उक्त गितको शव्द सृजना बिक्रम थापाले गरेका छन् । लय सिर्जना महेन्द्र भण्डारीले गरेका हुन् ।

गितको म्युजिक एरेन्ज महेन्द्र भण्डारीले गरेका छन् भने मिक्सिङ्ग खड्क बाजुराली ले गरेका हुन् । रेकर्डिङ गोबिन्द पराजुली र सागर बाजुराली ले गरेका छन् । उक्त गितको म्युजिक मालश्री रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ ।

गितको भिडियोमा सारिका के.सी र हरि थापा लगायतको अभिनय रहेको छ । निर्देशन बिक्रम चौहान ले गरेका छन् । सम्पादन स्टेशन B Star Films ले निर्माण गरेको छ ।

भिडियो Blue Sky Nepal युट्यु च्यानलमा हेर्न सकिन्छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : १९:२५:५१ , ७ महिना अगाडि