सल्यान परिबेश डट्कम , १८७८ पटक हेरिएको

काठमाडौं, १६ वैशाख । विभिन्न माग राख्दै शुक्रबारबाट माइतीघरमा धर्नामा बसेका राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले सडकमै रात बिताएका छन् ।
अनुसन्धान, नवप्रर्वतन र अविष्कार तथा अनुसन्धानमा सहयोग गर्न संघ र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउन र ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार कोष’मा उक्त रकम जम्मा गर्नुपर्ने माग राख्दै धर्नामा बसेका पुनले मागथ पूरा नभएसम्म धर्ना कायम रहने बताएका छन् ।
धर्नामै रात बिताएका पुनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारमाथि व्याङ्ग्य गर्दै सरकारलाई मज्जाले सुत्न दिन अनुरोध गरेका छन् ।
प्रकाशित मिति: २०२३-०४-२९ , समय : ११:१४:१८ , ७ महिना अगाडि