साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक

रोशन पोख्रेल , २५६३  पटक हेरिएको

काठमाण्डौ, १६ बैशाख ।

कवि ,मुक्तकार , गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका विच विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो ।

कार्यक्रममा स्वागत मन्त्व्य पुष्पा धमला ले राखेकी थिइन। बरिष्ठ साहित्यकार डा. रेनुका सोलु , साहित्यकार उषा शेरचन, कुलनिधि दाहाल र वियोगी बुढाथोकीले संयुक्त रुपमा मुक्तक सङ्ग्रह विमोचन गर्नुभयो ।

कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्धारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए। अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गदैँ गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल “ र गीति एल्बम “अनुराग“ र ÷आगमन “ले नेपाली साहित्य र संगीतको क्षेत्रमा पुयाएको योगदानको प्रशंसा उपस्थित सर्जकहरुले गरेका थिए।


Photos, Roshan Pokhrel

Photos, Roshan Pokhrel

नेपाल मुकतक सधका अध्यक्ष रामकाजि काने ले साहित्यकार योञ्जनले साहित्यका बिबिध क्षेत्रमा पुर्याउनु भएको योगदान अमुल्य रहेको बताउनु भयो । बरिष्ठ साहित्यकार डा रेणुका सोलुले मुक्तक संग्रह भित्र भएका सिर्जनाले बर्तमान र भविष्य प्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल रहोस् भन्दै लेखकलाई शुभकामना दिनुभयो ।

त्यस्तै अर्की साहित्यकार उषा शेरचनले परदेशमा रहेरपनी नेपाली सिर्जनालाई नेपाली साहित्यलाई विश्व सामु पुयाउनको लागी पुयाएको योगदानले मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो भएको बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कानेले साहित्यकार योञ्जनले अमेरिकामा रहेर पनी नेपाली माटोमा आफुलाई उभ्याउन सफल भएको बताउनुभयो ।भौगोलिक रुपमा टाढा भएपनी नेपाली मौलिक सिर्जना मुक्तककारले पुयाउनुभएको योगदान अमुल्य रहेको बताउनुभयो ।


साहित्यकार दिलिप योन्जन तामाङका हाल सम्म मान्छे को भिडमा , आस्था खोजिरहेछु , कबिता सग्रह गाउँबेसीमा फुलै फुल्यो गितिसङ्रह , अनुपम, अमुल्य , अजम्बरी , आफ्नै छाँया ले, अनुराग सिडि , अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन ।


Photos, Roshan Pokhrel

Photos, Roshan Pokhrel


Photos, Roshan Pokhrel

Photos, Roshan Pokhrel


 

प्रकाशित मिति: २०२३-०४-२९ , समय : २१:२९:४० , १ महिना अगाडि