राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

सल्यान परिबेश डट्कम , ३६७०  पटक हेरिएको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

यस्तै बैठकले वर्तमान सरकारमा नजाने स्पष्ट निर्णय पनि गरेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा आउन रास्वपालाई आग्रह गरिरहेका थिए ।

यसैबीच एमालेले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन लागेको समाचारहरू पनि आइरहेका छन् । रास्वपाको यो निर्णयबाट प्रधानमन्त्री प्रचण्ड थप झस्किएका छन् ।

प्रकाशित मिति: २०२३-०५-०६ , समय : ००:०३:१६ , १ महिना अगाडि