दृष्टिबिहिन जनक राजनीति संगै समाजसेवामा

दृष्टिबिहिन जनक राजनीति संगै समाजसेवामा

दिपेन्द्र थापामगर सुर्खेत संवाददाता , ८७३६  पटक हेरिएको

जाजरकोट ०२ जेष्ठ । जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नम्बर ६ रिंसिनामा बुवा हर्के बुढा र आमा नैनसरा बुढाको कोखबाट २०४७-०१-१० गते बिहिवार २ जना दिदिपछी जेष्ठ सुपुत्रको रुपमा जन्म लिएका थिए जनक बहादुर  बुढा । परिवारमा ६ भाइ ३ बहिनी को पहिलो सुपुत्र जनक बहादुर बुढा जन्मजातनै दृष्टिविहिन जन्म लिएका थिय। परिवारमा उनिमात्र होइन उनका दिदी विमला बुढा पनि जन्मजातनै दृष्टिविहिन छन।

दुर्गम जिल्लाको बिकट ठाउँमा दृष्टिविहिन जन्म लिएका जनक बहादुर बुढाले सुनेकै भरमा गाउँकै देउराली प्राथमिक विद्यालयबाट कक्षा ३ सम्म अध्ययन पूरा गरि सोही वडामा रहेको इन्द्र ज्योती माध्यमिक विद्यालयबाट कक्षा ४ देखि २०६६ सालमा SLC सम्मका अध्ययन पूरा गरेका छन। जनक बहादुर बुढा एक पटक सुनेकै भरमा जस्तो कुरालाइपनी दिमागमा राख्न सक्ने क्षमता भएको एक बौद्धिक छन। यहि कुरालाइ लिएर समाजका अरु मानिसहरूले भगवानले आँखा नदिएपनी दिमाग दिएको हुन भन्ने विश्लेषण गर्दछन।

जनक बहादुर बुढा दृष्टिबिहिन भएपनी बोल्नको प्रखरबक्ता जस्तोसुकै सहजीकरण गर्नसक्ने खुबी भएका ब्यक्ती हुन। उनले आफू दृष्टिबिहिन भएपनी सुर्खेत जिल्ला बराहताल गाउँपालिका वडा नम्बर ८ कुमिकोटबाट कल्पना शाहि लाई २०७१ असोज १४ गते विबाह गरेका थिय।जनक बहादुर बुढाका श्रीमती कल्पना शाही बुढा भने शारीरिक रुपमा कुनैपनी रुपमा अशक्त छैनन। उनिहरुबाट २ सन्तान छोराहरु भैसकेकाछन। जनक बहादुर बुढा पारिवारिक  रुपमा आफू सम्पन्न भएको बताउछन।

जनक बहादुर बुढाले एकपटक सुनेकै भरमा मोबाइलमा सेभ हुने हरेक ब्यक्तिको मोबाइल नम्बर दिमागमा सेभ गरेका छन। उनी अरुलाइ सम्पर्क गर्नको लागि सामान्य किवोर्डवाला मोबाइल चलाइरहेका छन। उनी दृष्टिबिहिन भएपनी सानै उमेर देखि नेपाली कांग्रेसको राजनीतिमा सकृय हुँदै आइरहेकाछन। नेपालमा भएको हालसम्मको हरेक गतिविधिमा आफ्नो आवाजहरुलाइ बुलन्द गर्दै आइरहेका जनक बहादुर बुढा एक प्रष्टबक्ता समेत हुन। उनी बोल्नमा कसैसँग डगमगाउदैनन। उनी नेपाली कांग्रेस जाजरकोटको जिल्ला कार्यसमितिका पूर्व निर्बाचित सदस्य सम्महुन। उनले वडातहदेखी पालिका जिल्ला तहमा पार्टीको लागि धेरै त्याग र सल्लाह सुझावहरु पनि दिदै आइरहेकाछन। नेपाली कांग्रेसको राजनीतिमा निरन्तर आफ्नो पाइलाहरु चाल्दै आइरहेका जनक बहादुर बुढा बर्तमानलाई पनी सोही पार्टीबाट निरन्तरता दिदै हाललाइ भने समाजसेवामा पनि समर्पित भएकाछन।

जनक बहादुर बुढाले आफुजस्तै दृष्टिबिहिन र अपांग भएकाहरुको लागि आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्ने कार्यक्रम अन्तर्गत शिवालय गाउँपालिकामा शिवालय  नेत्रहीन संघ बिधिवत रुपमा दर्ता गरेकाछन। पालिकाभरी दृष्टिबिहिन हरुको संख्या ४७ जना रहेकाछन। शिवालय गाउँपालिकाको नेत्रहीन संघको संयोजक समेत रहेका जनक बहादुर बुढा नेत्रहीन संघ जाजरकोटका जिल्ला उपाध्यक्ष समेत रहेकाछन। उनले पालिकाभरिका ४७ जना दृष्टिबिहिनहरुको लागि विभिन्न किसिमको सिपमूलक कार्यहरु गर्ने भनी NABDAB परियोजनाको सहजीकरण र शिवालय नेत्रहीन संघको सञ्चालनमा स्थानीय,प्रदेश र संघ सरकारको सहयोगमा हाल साबून उत्पादन कम्पनी सञ्चालन गर्दैछन।जस्को लागि यहि जेष्ठ २० गतेदेखि साबून उत्पादन गर्नको लागि सावुन उत्पादन  तालीम सञ्चालन गर्दैछन।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : १९:२३:४७ , २ हप्ता अगाडि