दिल बिक्रम शाही , ६०९७ पटक हेरिएको

०५ जेठ २०८० सल्यान । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि रुचाई रहेक अवस्था रहेको छ । फरक फरक प्याटनका गित बजार दिनानुदिन आईरहेका छन् । कयौं गितहरु करोडौं क्लबमा प्रवेश समेत गरेको पाईन्छ । यसै क्रममा राजु सुनाम को ´ नाग नागिन `गितको भिडियो बजारमा सार्वजनिक भएको छ ।
सुनाम ले दर्जनौं गितहरु बजारमा सार्वजनिक गरि सकेका छन । सुनाम का मिलियन भ्युज गएका चर्चित गित हरु हिजो राती के के भो के के , पिरतिको घर बनाउ स्याना ,बाचेर पो पाइदो रैछ दर्शन ,कुरा बुझी सके , झरी बनी आउन,मन परेको मान्छेले भाउ खायो ,छुनुमुनु , टीका राम्रो दहिले लगायतका गितका शब्द सिर्जन संगित साथै म्युजिक एरेन्ज समेत रहेका गित हुन् ।
गित संगितमा आफ्नो छुट्टै पहिचान बनाएका सुनाम कर्णाली प्रदेशको जाजरकोट भेरी नगरपालिका २ मा जन्मिएका हुन् । उनी जाजरकोटमा जन्मे पनि काठमाडौलाई कर्म थलो बनाउदै आएका छन् । उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको छैटौं जिल्ला अधिवेशन बाट कार्यसमिति जाजरकोटका अध्यक्ष समेत रहेक छन ।
अहिले भख्खर मात्र बजारमा आएको गित ´ नाग नागिन` गितमा चर्चित गायक सर्जक संगितकार बसन्त थापा र आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका जमुना सनाम को आवाज रहेको छ । उक्त गितको शव्द संगित सिर्जना राजु सुनामले गरेका छन ।
गितको म्युजिक एरेन्ज राजु सुनाम आफैले गरेका छन भने , मिक्सिङ्ग एचबी एन किस्मते ले गरेका हुन् । रेकर्डिङ बिमल छिनाल र बिनोद परियार ले गरेका छन् । उक्त गितको म्युजिक 1DB HD Studio रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ ।
गितको भिडियोमा सुदिर श्रेष्ठ र बिना बिश्वकर्मा लगायतको अभिनय रहेको छ । निर्देशक काजिश श्रेष्ठ ले गरेका छन् । क्यामेरा म्यान अजय रेग्मी र सम्पादन दिपक बिष्ट ले गरेका हुन । भिडियो Sk Films ले निर्माण गरेको छ ।
भिडियो sanam creation युट्यु च्यानलमा हेर्न सकिन्छ ।
हेर्नुहोस भिडियो
प्रकाशित मिति: २०२३-०५-१९ , समय : १८:४९:१५ , ३ हप्ता अगाडि