सल्यान परिबेश डट्कम , १८४६ पटक हेरिएको

सल्यान / जेठ ,७
कपुरकोट गाउँपालिका ३ का काले बि.क. को १ तले २ कोठे फुसले छुवाएको कच्ची घरमा एक्कासी विद्युत तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
आइतबार करिब १२:३० बजेको समयमा उक्त घरमा आगलागी भएको थियो । आगलागीबाट घर भित्र रहेको अन्नपात, लत्ताकपडा, दारकाट जलेर पुर्ण रुपमा नष्ट भएको छ ।
अहिले भने प्रहरी र स्थानिय व्यक्तीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०५-२१ , समय : १७:३२:११ , ७ महिना अगाडि