कालिका मा.बि.कपुरकोटले ३४औ वार्षिकोत्सबको अबसरमा विविध कार्यक्रम गरेर मनायो वार्षिकोत्सब

तुला राम डाँगी क्षेत्रि , ६१४९  पटक हेरिएको

सल्यान / जेष्ट, ८

कालिका मा.वि. कपुरकोट सल्यानले ३४ औ वार्षिकोत्सबको अबसरमा जेष्ठ ७ गते विधालयमा विविध कार्यक्रम सहित शैक्षिक बहस गरेर विद्यालयले आफ्नो वार्षिकोत्सब मनाएको छ ।

कार्यक्रमको सभाध्यक्ष बि ब्य स अध्यक्ष मीन ब. सेन, प्रमुख अतिथि कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा ब. पुन, विशिष्ट अतिथी कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी ,विशिष्ट अतिथि विधालयका सस्थापक अध्यक्ष रुद्र प्रसाद शर्मा तथा विधालयका पुर्व अध्यक्ष दुर्गा ब. गिरि बिशिस्ट अतिथि हुनुहुन्थ्यो भने कार्यकरमको स्वागत मन्तब्य शिक्षक वामदेव अधिकारी बाट सुरु गरियको थियो।


तस्बिर- चुडामणि केसी

तस्बिर- चुडामणि केसी


कार्यकरमको सहजीकरण शिक्षक मधुसूदन गिरिले गर्नु भयको थियो भने बिधालयकोआर्थिक तथा शैक्षिक प्रतिवेदन प्र अ चुडामणिा के सि ले पेश गर्नु भएको थियो। जीवन ज्योति नमुना मा वि रिमका प्र अ भुपाल साहु,कपुरकोट्बजार ब्यबस्थापन समितिका अध्यक्ष कुबेर खत्री ,पुर्व बि ब्य स का अध्यक्ष रुद्र वीर कवर ,उध्योग वाणिज्य संघका पुर्व सदस्य कमल घर्ती आदिले बिधालयको समग्र विकासको लागि शिक्षा क्षेत्रमा लगानी लगाउनु पर्नेमा जोड दिनुभएको थियो ।

बार्षिक समारोहमा बोल्दै कपुरकोट गाउपालिका अध्यक्ष दुर्गा ब पुन, उपाध्यक्ष प्रकाश भण्डारी ले पनि दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर वृद्धि गर्नु पर्नेमा जोड दिनु भएको थियो।


तस्बिर- चुडामणि केसी

तस्बिर- चुडामणि केसी


वार्षिकोत्सबको अबसरमा विद्यालयले १०० मिटर दौड, हाइ जम्प, लंग जम्प, ट्रिपल जम्प, भलिवल, कपर्दी, कुर्सि दौड, हिसाब दौड, नृत्य, सटफ़ुट, ज्याबलिंग थ्रो अनि हाजिरजवाफ प्रतियोगिता संचालन गरेको थियो।



प्रकाशित मिति: २०२३-०५-२२ , समय : ०९:३८:२५ , २ हप्ता अगाडि