सल्यान परिबेश डट्कम , २१३७ पटक हेरिएको

रवि सांसद हुन अयोग्य रहेको भन्दै युवराज पौडेल सफलले पुन सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपछि रविले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले आफू इरिटेट भएको टिप्पणी गर्दै मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग कुरा भएको बताएका छन्।
उनले आफूले अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा बुझाएर नेपाली नागरिकता पुन: कायम गरेको स्पष्ट पारेका छन् ।
यस्तै उनले सर्वोच्च अदालतको २०७९ साल माघ १३ गतेको फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा आफूले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको पनि उल्लेख गरेका छन् ।
यस्तो छ उनले लेखेको स्टाटस्-
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१. सर्वोच्च अदालतको मिती २०७९/१०र/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
२. अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन: कायम गराएको छु ।
३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५र०३र०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं। ४० घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ
प्रकाशित मिति: २०२३-०५-२५ , समय : १३:००:२७ , ६ महिना अगाडि