सल्यान परिबेश डट्कम , ९३२ पटक हेरिएको

सल्यान, जेठ, ११ रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बाँफिकोट गाउँपालिकामा दुर्घटनामा हुँदा पाँचजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट-८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसीको मृत्यु भएको छ । एकजनाको सनाखत हुन बाँकी छ ।
घटनामा १० जना घाइते भएका छन् । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ ।
प्रकाशित मिति: २०२३-०५-२५ , समय : १३:१५:५६ , २ हप्ता अगाडि