आजको मौसम

सल्यान परिबेश डट्कम , १३६२  पटक हेरिएको

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार यस्तो छ आजको मौसमः

२०८० जेठ १३ गते (शनिबार)

दिउँसोː कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको । देशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

कोशी, मधेश, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहको र तराईका भू-भागमा हावाहुरीको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


प्रकाशित मिति: २०२३-०५-२७ , समय : ११:२१:०८ , २ हप्ता अगाडि