दिपेन्द्र थापामगर सुर्खेत संवाददाता , १४३४३ पटक हेरिएको

मुक्तक…
१)
आमाको काख बालापन गाउँमा छुटेको छ ।।
मैले खेलेको त्यो आगन गाउँमा छुटेको छ ।।
आमाको जस्तै गुनियो चोली लगाउने रहर ।।
सहरमा आए यस कारण गाउँमा छुटेको छ ।।
२)
तिर्खाएको काकाकुललाई पानी दिनुस् न ।।
मलाई त्यो तपाईंको जिन्दगानी दिनुस् न ।।
हजुरलाई दिलमा सजाएकी छ शोभाले ।।
ज्यान मात्र टाढा हो पराइ नठानी दिनुस् न ।।
३)
दुख उस्तै छन प्यारा पिर उस्तै छ ।।
पल्टनेको क्यार्नु र जागीर उस्तै छ ।।
संगै भएर माया गर्ने चाहना हुँदा पनि ।।
टाढा हुनु पर्ने अझै तक्दिर उस्तै छ।।
४)
मलाई सम्मान चाहिदैन मान चाहेको छैन ।।
बा-आमा भन्दा अर्को भगवान चाहेको छैन ।।
मेरो बा-आमाको लागि शिर झुक्न दिने छैन ।।
बरु मरौला मलाई यो ज्यान चाहेको छैन ।।
शोभा खत्री
हाल: साउथ सुडान
प्रकाशित मिति: २०२३-०५-२९ , समय : २२:४२:१४ , ४ महिना अगाडि