सल्यानको कपुरकोट गाउँ पालिकामा दोश्रो अध्यक्ष कप प्रतियोगिता सुरु

सल्यान परिबेश डट्कम , १७९१७  पटक हेरिएको

सल्यानको कपुरकोट गाउँ पालिकामा दोश्रो अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । कपुरकोट गाउँ पालिकाको आयोजना र खेलकुद विकास समिति कपुरकोट गाउ पालिकाको ब्यवस्थापनमा कपुरकोट गाउँ पालिका ४ किमुचौर स्थित घंघारिचौरमा कार्यक्रम उद्घाटन गरिएको हो ।

गाउँ पालिकाको आयोजनामा भएको दोश्रो अध्यक्ष कप प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कपुरकोट गाउँ पालिका अध्यक्ष दुर्गा बहादुर पुनले गाउँ पालिकाका ६ वटै वडाका खेलाडीहरुलाई अनुशासित तरिकाले खेल खेल्न अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । उनले खेल क्षेत्रमा नयाँ आयाम थप्न कपुरकोट गाउँ पालिका निरन्तर लागेको र लागि पर्ने समेत जानकारी दिएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि कपुरकोट गाउँ पालिका उपाध्यक्ष प्रकाश भण्डारीले दोश्रो अध्यक्ष कप प्रतियोगिताका खेलहरु सभ्य, भव्य र कुनै पनि विवाद बिना नै खेल सम्पन्न रहोस भनी शुभकामना दिएका थिए । उनले खेलाडीहरु सबैलाई खेलमा सहभागीता भै स्वच्छ तरिकाले प्रतिस्पर्धा गर्नु नै विजय हुनु सरह भएको पनि बताए । खेल खेल्दै गर्दा आउने विवाद तथा समस्याहरुको आयोजक टिम, रेफ्री र खेलाडीहरु मिलेर समाधान गर्नु पर्ने उनको भनाइ रहेको छ ।


कार्यक्रमका सभाध्यक्ष खेलकुद विकास समिति कपुरकोट गाउँ पालिका अध्यक्ष सेर बहादुर पुनले खेल निष्पक्ष तरिकाले खेलाउन र अनुशासित र लगनशील भै खेल खेल्न रेफ्री र खेलाडीलाई अनुरोध गरेका थिए । अध्यक्ष पुनले खेल खेल्दा फिल्डमा आउने हरेक किसिमका समस्याहरुमा सहजता ल्याउन गाउँ पालिका र खेलकुद विकास समिति लागि पर्ने जनाए ।


Salyan Kapurkot

Salyan Kapurkot


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलि, ६ वटै वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो ।

कपुरकोर गाउँ पालिका ४ नम्बर वडाध्यक्ष मित्रलाल कठायतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खेलकुद विकास समिति कपुरकोट गापा सदस्य गणेश बुढाथोकीले गरेका थिए ।


Salyan Kapurkot

Salyan Kapurkot


कपुरकोट गाउँ पालिकाका ६ वटै वडाका खेलाडीहरु उपस्थित भएको भलिबल खेलकुद प्रतियोगितात्मक कार्यक्रममा खेलहरु निष्पक्ष तरिकाले खेलाउन नबिन पुन र किरण जंग बस्नेतले रेफ्रीको भुमिका निर्वाह गर्दै नेतृत्व लिएका छन । कार्यक्रम भोलि अर्थात १६ गते सम्पन्न गराउने आयोजक समितिले जनाएको छ ।


प्रकाशित मिति: २०२३-०५-३० , समय : ११:४७:४२ , ४ महिना अगाडि