सुमन धमला का पाँच मुक्तक :म एउटा प्रस्ताव गर्छु तिमीले नाई नभन्नु ल

तिर्खाएको मानिसको लागि पिउने पानी हो मेरो देश फलाम देखि नुन ,सुन सम्म पाइने खानी हो मेरो देश पारी हिमाल हास्दै छ वारी वनले बस्तिसँग नाता गाँस्दै छ यस्तै अरु प्रकृतिले भरिपूर्ण प्रकृतिको रानी हो मेरो देश

दिल बिक्रम शाही , १६७६६  पटक हेरिएको

सल्यानपरिबेश

मुक्तकहरु

१)
भित्री मन दरो छ बाहिरी शरीर डढेर फरक पर्दैन
दुनियाँले मेरालागि अनेक भ्रम छरेर फरक पर्दैन
म यो संसार जित्नको लागि निस्केको यात्री हुँ
यात्रा गर्दै गर्दा दुईचार चोटि लडेर फरक पर्दैन

२)
तिर्खाएको मानिसको लागि पिउने पानी हो मेरो देश
फलाम देखि नुन ,सुन सम्म पाइने खानी हो मेरो देश
पारी हिमाल हास्दै छ वारी वनले बस्तिसँग नाता गाँस्दै छ
यस्तै अरु प्रकृतिले भरिपूर्ण प्रकृतिको रानी हो मेरो देश

३)
तिम्रो र मेरो दूरी थोरै भए पनि घटाइदिम्न
हामी दुईको मनमा दुबैको नाम अटाइदिम्न
म एउटा प्रस्ताव गर्छु तिमीले नाई नभन्नु ल
तिमी र म मिली अब बाँकी जीवन कटाइदिम्न

४)
सोच्नुस् मित्र यो जीवन माटोमै गलेर जाने हो
यो संसारबाट सबैका नजरलाई छलेर जाने हो
तिमी यति धेरै धनको घमण्ड किन गर्छौ मित्र ?
एकदिन हामी सबै दाउरामै जलेर जाने हो

५)
घरमा भएको ऋण मेरै थाप्लोमा खनाउनु छ
बा आमालाई जसरी हुन्छ अब मैले मनाउनु छ
बाह्रको परीक्षा सकियो मैले अब प्रगति गर्नलाई
म राजधानी पुगेर आफ्नो राहदानी बनाउनु छ

सुमन धमला
सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा

प्रकाशित मिति: २०२३-०६-०१ , समय : २०:३२:५२ , ४ महिना अगाडि