कोहोलपुरमा डिउटीमै रहेकि महिला प्रहरीलाई ट्रकले किच्दा मृत्यु

Salyan Paribesh , ५४७  पटक हेरिएको

फागुन ९ बाँके – कमल धिताल
आफ्नो नियमित डियुटीमा रहेकी एक जना महिला प्रहरीलाई ट्रकले किच्दा मृत्यु भएको छ।

आइतबार राति करिब १० बजेतिर कोहलपुर नगरपालिका ११ चौराहाको घुम्तीमा ना३ख ६४३६ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिदा सडक छेउमा रहेकि बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ माइती र प्युठानको प्युठान नगरपालिका वडा नम्बर २ चितिखोला घर भई हाल ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत महिला प्रहरी जवान ३६ वर्षिय कबिता बिसीलाई ट्रकले किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

शमशेरगञ्जबाट नेपालगञ्ज जादै गरेको उक्त ट्रक तिव्र गतिमा रहेकाले घुम्तीमा अनियन्त्रित हुदा दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उनिहरु दुई महिला प्रहरी डिउटीमा रहेकाेमा उनिसंगै रहेकि हवल्दार महिला प्रहरी बासमती चौधरी भागेर बाच्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

उक्त ट्रकका चालक भने सकुशल रहेको र ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति: २०२२-०२-२१ , समय : ०८:२६:१९ , १ वर्ष अगाडि