सल्यान परिबेश डट्कम , ३८९४ पटक हेरिएको

आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।
यही जेठ १५ गते पेश भएको बजेटमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएको थियो ।
बजेटको छलफल आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिनेछन् ।
अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ ।
प्रकाशित मिति: २०२३-०६-१२ , समय : ११:५७:२७ , ४ महिना अगाडि