दिल बिक्रम शाही , ९२१६ पटक हेरिएको

जेठ ३१ जाजरकोट । जाजरकोटको शिवालय -६ टुनिबजारमा रहेको श्री खड्क देबि मा वि विद्यालयले विद्यालय व्यवस्थापन समिती गठन गरेको हो । आज ( बुधबार ) बसेको अभिभावक भेलामा जेष्ठ सदस्य विरु शाही को अध्यक्षतामा नौ सदस्यीय निर्विरोध चयन गरेको छ ।
विद्यालय व्यवस्थापन समिती अध्यक्षमा चन्द्र बहादुर सिंह निर्विरोध निर्वाचित भएका हुन् ।
सदस्यहरुमा
याम बहादुर रावत
भुपेन्द्र बहादुर बुढा
महिला सदस्य लक्ष्मी सिंह
रामसरी चन्द
पदेना सदस्य इन्द्र बहादुर शाही
सदस्य भिम बहादुर शाही
शिक्षक प्रतिनिधि धन बहादुर शाही
सदस्य-सचीव वीर बहादुर शाही लगायत ११ सदस्सिय शिक्षक अभिभावक सँघको गठन गरिएको खड्क देबि मा वि विद्यालयले सल्यान परिवेश लाई जानकारी दिएको छ ।
नयाँ विद्यालय व्यवस्थापन समितिले विद्यालयको भौतिक सामाग्री लगायत शिक्षामा छिटो परिवर्तन ल्याउन महत्त्वपूर्ण भुमिका रहेको बताएको छ ।
प्रकाशित मिति: २०२३-०६-१४ , समय : २१:१६:२४ , ६ महिना अगाडि