तुलसीपुर दुर्घटना अपडेट : एकको मृत्यु, ७ जना गम्भीर(पहिचानसहित )

सल्यान परिबेश डट्कम , ९३२४  पटक हेरिएको

सल्यान / असार,१ 
दाङको तुलसीपुरमा बलेरो जीप दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको बलेरो जीप तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।

मृत्यु हुनेमा जीप चालक रोल्पा गंगादेव गाउँपालिका १ का विष्णु पुन मगर रहेका छन् । त्यस्तै घाइते हुनेहरुमा रोल्पा गंगादेव १ लिबाङ निवासी २३ वर्षिय बल बहादुर ओली, सोही ठाउँ निवासी ४२ वर्षिय दुल बहादुर ओली, सल्यान छत्रेश्वरी गाउँपालिका बस्ने गिता विकका ७ वर्षिय छोरा पवन विक र ६ वर्षिय छोरी स्नेहा बिक गम्भीर घाइते भएका छन् ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||

त्यस्तै तुलसीपुर १५ निवासी ३३ वर्षिय खुसिराम चौधरी र गंगादेव १ निवासी ३२ वर्षिय गौसरा ओली गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

त्यस्तै सल्यान छत्रेश्वरी गाउँपालिका बस्ने २१ वर्षिय गिता बिक, रोल्पा गंगादेव १ निवासी २० वर्षिय रिता डाँगी र भारत बंगाल कलकत्ता निवासी ३० वर्षिय सादाम हुसेन घाइते भएका छन् । उनीहरु तीन जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

जीप सडकदेखि अन्दाजी १०० मिटर तल खसेको प्रहरीले बताएको छ । उक्त जीपमा चालकसहित १० जना सवार रहेका थिए ।

प्रकाशित मिति: २०२३-०६-१६ , समय : १३:३५:०१ , ६ महिना अगाडि