सल्यान परिबेश डट्कम , १६४९ पटक हेरिएको

सल्यान/ असार,९
दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ६ का २६ बर्षिय समिर केसी र दंगीशरण गाउँपालिका ३ का ३६ बर्षिय रामनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।
केसीको घटनास्थलमै मृत्यु भएको हो भने चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत दुबैजनालाई खेतबारीमा काम गर्ने क्रममा चट्याङले हानेको हो । उनीहरुलाई आज अपरान्ह ५ बजेको समयमा चट्याङ लागेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०६-२४ , समय : २३:२३:०९ , ६ महिना अगाडि