Salyan Paribesh , २३३ पटक हेरिएको

चुम्बनबाट माया बढ्छ भन्ने सामान्यतया धारणा हामी सबैको छ । माया देखाउन र विपरीत लिंगीप्रतिको आकर्षणमा तथा पार्टनरसंग हुँदा चुम्बन सामान्य नै मानिन्छ तर माया बढ्ने भनेर गरेको चुम्बन कहिलेकाँही महङ्गो पर्न जान्छ
जस्तै:
१. श्वासप्रश्वास सम्बन्धी समस्या भएको व्यक्तिसँग चुम्बन गर्नुहुन्छ, यो रोग तपाईमा सर्ने संभावना पनि बढेर जान्छ ।
२ यदि कुनै मानिसको आठमा फोका वा ठेउलाहरु छन् भने उनलाई चुम्बन गर्ने मानिसलाई सोहि समस्या सर्न सक्छ ।
३ं खटिरा एक सरुवा रोग हो । त्यसैले चुम्बन तथा यौन सम्पर्कबाट पनि यो रोग सर्न सक्छ ।
४ यदि चुम्बन गर्ने पार्टनरमा गिजासम्बन्धी रोग छ भने चुम्बनले सो रोग सार्न सक्छ । केही खराब जीवाणुका कारण यो रोग निम्त्याउँन सक्छ ।
५. यदि चुम्बन गर्ने पार्टनरलाई संक्रमण छ भने अर्केलाई सर्ने खतरा खतराहुन्छ । यौन सम्पर्कबाट मात्रै रोगको संक्रमण हुन्छ भन्ने मानसिकता छ, तर चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ ।
६. मष्तिस्कको वरिपरिको जाली सुन्निने समस्या उत्पन्न गराउँने जीवाणु चुम्बनबाटै सर्छ । यो रोग सरेमा घाँटी कडा हुने, ज्वरो र टाउँको दुखाईजस्ता लक्षण देखा पर्न थाल्छ ।
७. यदि कोहि रुघाखोकीलागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्याल र स्वास बाट अर्के ब्यक्तिलाई सर्न सक्छ ।
प्रकाशित मिति: २०२२-०१-१४ , समय : १९:४८:१८ , १ वर्ष अगाडि