सल्यान परिवेश डट्कम , ४४७८ पटक हेरिएको

असार लागेसँगै झरीको याम सुरु भएको छ । तराई क्षेत्रमा पानीको कारणले डुबानमा पर्ने र पहाडमा बाढी पहिरो जाने उक्त गितका शव्दमा समावेस गरिएको छ । गित माया गर्ने जोडिहरुको लागि बनाइएको पाइन्छ । मायाको याद धेरै आउने तर बर्षाको कारणले भेट्न नपाउने समस्या समेत उक्त गितमा पोखिएको छ ।
डम्बर चन्द बगर सल्यानमा जन्मिएका हुन् । उनका चर्चित गितहरु म त बगर ,नेपालगन्ज बागेश्वरी ,बिचल्ली , अभागी आमा लगायतका गितका शव्द समेत रहेका गित हुन ।
नेत्र भण्डारी सल्यानमा जन्मिए पनि काठमाडौलाई कर्म थलो बनाउदै आएका छन् । गितसंगितमा उनले आफ्नो छुट्टै पहिचान बनाएका छन् । सबैको मुखमा झुन्डिएको उनको चर्चित गित स्याउ ल्याईदिउ कि केरा अहिले पनि उतिनै चर्चामा छ । यसै क्रममा डम्बर चन्द बगरको शव्द सिर्जना नेत्र भण्डारीको ”झरी” गित सार्वजनिक भएको छ ।
डम्बर चन्द बगरले गरेको गितको शब्द सिर्जनामा नेत्र भण्डारीले संगित भरेका हुन् । गितमा नेत्र भण्डारी र रेजिना परियार को आवाज रहेको छ ।
गितको म्युजिक एरेन्ज राजेन्द्र बाजुरालीले गरेका छन । रेकर्डिङ सागर बाजुराली र गोबिन्द पराजुली ले गरेका हुन् भने मिक्सिङ्ग सागर बाजुराली ले गरेका छन । उक्त गितलाई मालश्री रेकर्डिङ स्टुडियोमा निर्माण गरिको छ ।
स्मृति तिमिल्सिना गुरुआमा को निर्देशकमा रहेको गितको भिडियोमा निना बुढाथोकी र शिशिर पौडेलको अभिनय रहेको छ । गितको भोडियो मनोज कार्की ले सम्पादक गरेका छन् । भिडियो गुरुआमा फिल्मस प्रा.लि ले निर्माण गरेको छ । भिडियोलाई Rijan Nepal youtube च्यानल बाट सार्वजनिक गरिएको छ ।
गीतको भिडियो हेर्न तल क्लिक गर्नुस
प्रकाशित मिति: २०२३-०६-२६ , समय : ११:१७:४१ , ५ महिना अगाडि