सल्यान परिबेश डट्कम , ५६३६ पटक हेरिएको

भारत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा भारतीय प्रहरीको इन्काउन्टरमा दुईजना नेपाली मारिएका छन् ।
आइतबार राति भारतीय प्रहरीको इन्काउन्टरमा सर्लाहीको लालबन्दी नगरपालिका-२ पुनर्बासका राजेश पासवान र रुमाले पासवान मारिएका हुन् । अन्य चारजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेहरू पनि पुर्नवासकै भएका बताइएको छ । भारतीय भूमि मै घटना घटेकाले नेपाल प्रहरीलाई आधिकारीक जानकारी दिइएको छैन । डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच भिडन्त हुँदा उनीहरू मारिएका हुन् ।
मारिने र घाइते हुने युवाहरू नै डकैतीमा संलग्न रहेका बताइएको छ । डकैतीको घटना भएकाले मृतकहरूको भारतमै दाहसंस्कार गर्ने तयारी रहेको बुझिएको छ ।
प्रकाशित मिति: २०२३-०६-२८ , समय : १२:०८:५२ , ५ महिना अगाडि