सल्यानका प्रकाश वलीको मलेसियामा मृत्यु

सल्यान वनगाड कुपिण्डे नगरपालिका ११ रैकरका ३१ वर्षका प्रकाश वलीको मलेसियामा मृत्यु भएको छ । डिउटीबाट फर्कँदै गर्दा बुधवार साँझ भएको दुर्घटनामा परी वली गम्भीर घाइते हुनु भएको थियो ।  

सल्यानपरिवेश संवाददाता , ६२०१  पटक हेरिएको

असार १४,सल्यान । सल्यान वनगाड कुपिण्डे नगरपालिका ११ रैकरका ३१ वर्षका प्रकाश वलीको मलेसियामा मृत्यु भएको छ । डिउटीबाट फर्कँदै गर्दा बुधवार साँझ भएको दुर्घटनामा परी वली गम्भीर घाइते हुनु भएको थियो ।

दुर्घटनामा घाइते भएका वलीको उपचारको क्रममा बिहीबार बिहान २ बजे तिर मृत्यु भएको थियो । मलेसियाको काजाङ्गमा साइकलबाट लडेर मृत्यु भएको उहाँका अङ्कल हिरालाल वलीले जानकारी  दिनु भयो ।  १ वर्ष अघि मात्र मलेसिया जानु भएका वलीका ३ छोराहरू र श्रीमती छन् । तत्काल मलेसियाबाट नेपाल ल्याउन पहल गरिदिन मृतक वलीको परिवारले सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति: २०२३-०६-२९ , समय : २२:२०:२१ , ५ महिना अगाडि