सल्यानको कपुरकोटमा मदन भण्डारीको सम्झनामा वृक्षारोपण

सल्यान परिबेश डट्कम , १४०३५  पटक हेरिएको

सल्यान, १४ असार

राप्ती लोकमार्ग र कपुरकोट बजारलाई उच्च जोखिममा पारेको खारा पहिरो नियन्त्रणका लागि विहिबार वृक्षारोपण गरिएको छ ।

नेकपा एमालेका तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा कपुरकोट खारा पहिरो क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

तस्बिर - रुपक बुढा

तस्बिर – रुपक बुढा

राष्ट्रिय युवा संघ नेपाल सल्यानको आयोजनामा आर्थिक महत्व बोकेका विभिन्न प्रजातीका १५० बढी विरुवा रोपिएको संघका जिल्ला अध्यक्ष रुपक बुढाले जानकारी दिए ।

कर्णालीको प्रवेशद्वार कपुरकोट बजार र सल्यान जिल्लाको जीवन रेखाको रुपमा रहेको राप्ती लोकमार्ग पहिरोको उच्च जोखिममा रहेको भन्दै उनले पहिरो रोकथामका लागि वृक्षारोपण गरिएको बताए ।

वृक्षारोपणका लागि तेजपात, काउलो, रिठा, मलागेडी, लप्सी लगाएतका विरुवा उपलब्ध गराएर वनस्पति अनुसन्धान केन्द्र सल्यानले सहयोग गरेको थियो ।

तस्बिर - रुपक बुढा

तस्बिर – रुपक बुढा

मदन भण्डारी फाउण्डेशनका कर्णाली प्रदेश सदस्य तथा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले वृक्षारोपण गर्दै मदन भण्डारीको वहुपक्षिय योगदानको चर्चा गरेका थिए । मदन भण्डारीले अघि सारेका नविनतम र श्रृजनशिल विचार एवम् मान्यताहरुको अध्ययन गरेर हरेक सामाजिक कार्यलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने सेनको भनाई छ ।

वृक्षारोपण पश्चात कपुरकोटमा मदन भण्डारी फाउण्डेशन गठनका लागि एक कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै एमाले सल्यानका सचिवालय सदस्य ओम बहादुर बुढा, एमाले युवा मोर्चा सल्यानका इन्चार्ज महेश देवकोटा, अनेम संघ सल्यानका उपाध्यक्ष भिमा बुधाथोकी, मदन भन्डारी फाउन्डेसन सल्यानका सदस्य अरुणा खत्री, जिल्ला कमिटी सदस्य तेज बहादुर राना, एमाले कपुरकोटका अध्यक्ष द्रोणकेसी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य केशरी बस्नेत, प्रदेश सदस्य डिल्लि खड्का, जिल्ला सचिव प्रबिन घर्ती, उपसचिव दिलिप रावत लगाएतले मदनले देखाएको बाटोमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

यसैविच कपुरकोट गाउँपालिकामा मदन भण्डारी फाउण्डेशनको पालिकास्तरिय कमिटी गठन गरिएको छ ।

तस्बिर - रुपक बुढा

तस्बिर – रुपक बुढा

प्रकाशित मिति: २०२३-०६-३० , समय : ००:४९:२४ , ३ महिना अगाडि