सल्यानपरिवेश संवाददाता , ३६२४ पटक हेरिएको

असार १९ सल्यान । सल्यानमा भिरबाट लडेर एक किशोरी गम्भीर घाइते भएकी छन् ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर-३ बस्ने १७ वर्षीया किशोरी चेतना पुन भिरबाट लडेकी हुन् । मंगलबार बिहान करिब १०:४५ बजेको समयमा घर नजिकैको परबिन जङ्गलमा साथीहरु संग घाँस काट्ने क्रममा भिरबाट लडेर करिब ६० मिटर तल पुगेको स्थानीय अमर पुनले जानकारी दिए ।
घाइते पुनलाई टाउको,हात, मुख लगायतमा गहिरो चोट लागेको छ । सल्लीबजारमा सामान्य उपचार पछि थप उपचारका लागि हाल नेपालगञ्ज पठाइएको घाइते किशोरीका आफन्तले जानकारी दिए ।
प्रकाशित मिति: २०२३-०७-०४ , समय : १७:३३:३० , ५ महिना अगाडि