सल्यान परिवेश डट्कम , ६४६० पटक हेरिएको

सल्यान, २१ असार ।
सल्यानमा गुडिरहेको यात्रुवाहक बसमा करेन्ट प्रवाह हुंदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । राप्ती लोकमार्ग अन्तर्गत दांग सल्यान सडकखण्डको कपुरकोट ३ चोरखोला नजिक बिद्युत लाइनको करेन्ट प्रवाह भैरहेको लत्रीएको तारले बसलाइ छुन पुगेको स्थानियहरुले बताएका छन् ।
करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउंपालिका ४ का अन्दाजी ७०वर्षको बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिए ।
उक्त घटनाको भिडियो l
यस्तै बस धनी सल्यान छत्रेश्री गाउपालिका ६ का अन्दाजी वर्ष ३५ का महेन्द्र ओली गम्भीर घाइते भएका छन् । लत्रीएको बिद्युत तारले बसलाइ छुंदा बसभरी नै करेन्ट प्रवाह भएको थियो । उक्त घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गम्भीर घाइते एकजनालाइ उपचारका लागि दांगतर्फ पठाइएको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जनाएका छन् । दांगबाट सल्यान खौला तर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह भएको बताइएको छ ।
उक्त घटनाको भिडियो l
सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्खर घटनास्थलमा पुगेका छन् । प्रहरी पनि घटनास्थल पुगेर आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको र आफू पनि केही बेरमै घटनास्थलमा पुग्ने सल्यान जिल्लाका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिए ।
यो पनि पढ्नुहोस – सल्यान दुर्घटना अपडेट घाइते गाडी साहुको मृत्यु : मृतकको संख्या ३ पुग्यो
प्रकाशित मिति: २०२३-०७-०६ , समय : १२:५१:४८ , ५ महिना अगाडि