सल्यान दुर्घटना अपडेट घाइते गाडी साहुको मृत्यु : मृतकको संख्या ३ पुग्यो

सल्यान परिवेश डट्कम , ५९५०  पटक हेरिएको

असार २१, सल्यान ।

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते भएका बस साहु सल्यानको छत्रेश्वरी गाउँपालिका ६ लान्तीका ३४ बर्षीय महेन्द्र ओलीको पनि मृत्यु भएको छ यो संगै मृत्यु हुनेको जम्मा संख्या ३ पुगेको छ ।

करेन्ट लागेर घाईते भएका ओलिको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ लगेकोमा अस्पतालले मृत्यु घोषणा गरेको जिल्ला प्रहरीले कार्यालय सल्यानले बताएको छ ।


उक्त घटनाको भिडियो l

बिहिवार बिहान जिल्लाको कपुरकोट गाउँपालिका ३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पाको दलसिंगे तर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बस गुडिरहेको बेला सडकको छेउमा रहेको ३३ के. भि. प्रसारण लाईनको बिद्युतको पोल सपोटकोलागी छेउमा गाडेको तार (स्टे)मा बस छुईन जाँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो र १ जना गम्भीर घाइते थिए ।

करेन्ट लागि घटनास्थलमै मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका ४ बस्ने ७० बर्षीय बालराम डाँगी र उनका छोरा ४२ बर्षीय टोपलाल डाँगी रहेका छन ।


उक्त घटनाको भिडियो l

गाडीमा अनुमानित २१ जना सवार थिए भने अन्यको अवस्था सामान्य छ ।बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।


यो पनि पढ्नुहोस – सल्यानमा बिजुलीको तारमा छोइँदा बसमा करेन्ट लागेर २ जनाको मृत्यु एक गम्भीर 

 

प्रकाशित मिति: २०२३-०७-०६ , समय : १६:१७:५१ , ५ महिना अगाडि