धौलीगंगाको बाँध खोलिदै, सतर्क रहन आग्रह

सल्यान परिवेश डट्कम , २१८२  पटक हेरिएको

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ ।

एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार सिल्ट सरसफाइको काम गरिने भएकाले बाँध भोलि मंगलबार बिहान ५ बजेदेखि राती ८ बजेसम्म खोलिने भएको हो ।

बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन दार्चुला प्रशासनले आग्रह गरेको छ ।

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्क रहन आग्रह गरिएको हो ।


प्रकाशित मिति: २०२३-०७-१० , समय : ११:२३:१३ , ५ महिना अगाडि