बैतडीबाट ल्याएको गोलभेडामा खान नमिल्ने विषादी भेटिएपछि अत्तरियामा नष्ट

सल्यान परिवेश डट्कम , १३५९  पटक हेरिएको

विक्रीका लागि बैतडीबाट अत्तरिया ल्याइएको गोलभेडामा खान नमिल्ने विषादी भेटिएपछि नष्ट गरिएको छ ।

आइतबार बिहान अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परिक्षणमा करिब ४ क्युन्टेल गोलभेडामा विषादी भेटिएपछि नष्ट गरिएको हो ।

कृषि उपज थोक बजार समिति अत्तरियाको पसल नम्बर २ मा धर्मराज सप्लायर्समा बिक्रिका लागि राखिएको तरकारी पसलमा गोलभेडामा विषादी भेटिएको अवशेष दु्रत विश्लेषण इकाइ प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए ।


उनले गोलभेडामा ५० प्रतिशत विषादी भेटिएकाले खान नमिल्ने भएकाले तत्काल नष्ट गरिएको बताए । उक्त विषादी युक्त गोलभेडा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको रहोवरमा खाल्डोमा हालिएको थियो ।

पसलका संचालक रमेश भट्टले आइतबार बिहान मात्रै बैतडीबाट ट्रकमा ल्याइएको गोलभेडा पसलमा राखेको बताए । उनले उक्त ट्रकमा ल्याइएको गोलभेडा अन्त कता विक्री गरियो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए ।

प्रकाशित मिति: २०२३-०७-१० , समय : ११:४०:२६ , ३ महिना अगाडि