सल्यानपरिवेश संवाददाता , ३८७५ पटक हेरिएको

एसियन एथलेटिक्स एशोसियसनको काउन्सिल मेम्बरमा राजीव विक्रम शाह निर्वाचित भएका छन् । उनले थाइल्यान्डमा भएको निर्वाचनमा युएई, हङकङलगायतका प्रतिष्पर्धीलाई पछि पार्दै विजय हासिल गरेका हुन् ।
उनले जम्मा ३४ स्कोर प्राप्त गरेर सबैभन्दा शीर्ष तहमा विजय हासिल गरेका हुन् । शाहसहित काउन्सिल मेम्बरका लागि ८ जना निर्वाचित भएका छन् । शाहसहित १५ देशका प्रतिनिधिको उमेदवारी परेको थियो ।
शाह नेपाल एथलेटिक्स संघका अध्यक्ष पनि हुन् ।
प्रकाशित मिति: २०२३-०७-११ , समय : १६:५२:२६ , ५ महिना अगाडि