दिपेन्द्र थापामगर सुर्खेत संवाददाता , २९२० पटक हेरिएको

सुर्खेत २७ असार । नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेश कार्यसमिति र नेपाल राष्ट्रिय मगर संघ सुर्खेत जिल्ला कार्यसमितिले १७औं स्थापना दिवसको अवसर पारेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कर्णाली प्रदेश सभा सामाजिक समितिका सभापति घनश्याम भण्डारी काे प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशका सचिव महेन्द्र कुमार राना मगरले आयोजकको तर्फबाट कार्यक्रम सञ्चालन तथा समन्वयन गरेका थिए , भने अस्पतालको तर्फबाट संयोजक स्वाव इन्चार्ज भरत प्रसाद देवकोटाले नेतृत्व गरेका थिए ।
कार्यक्रममा समाबेश नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मी,नेपाली कांग्रेस दैलेखका पार्टी सचीव एबम पूर्ब गुराँस गाउँपालिका अध्यक्ष खेमराज वली, नेपाली कांग्रेस दैलेख क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति दशरथ खड्का,नगेन्द्र मल्ल पूर्व अध्यक्ष डुंगेस्वर गाउँपालिका दैलेख ,कमला मल्ल चन्द नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दैलेख, नेपाली काङ्ग्रेस प्रदेश सभा (ख)जाजरकोटका सचीव दिपेन्द्र थापा मगर,नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय कार्यसमिति सदस्य प्रेम बहादुर रामजाली मगर,लोकतान्त्रिक आदिवासी जनजाती महासंघ सुर्खेतका सभापति कर्ण बहादुर राना मगर,जनजाती नेता असोक राजी,समाजसेवी राज बहादुर गुरुङ,कर्ण बहादुर सिंजाली मगर,तरुण दल केन्द्रिय सदस्यहरु भक्त बहादुर शाही , झक्क बहादुर शाही लगायत दर्जनौ नेताकार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सञ्चालन तथा समन्वय नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेश सचीव महेन्द्र कुमार राना मगरले गर्नुभएको थियो भने नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय सदस्य प्रेम बहादुर रामजाली मगरले कार्यक्रमलाई आफ्नो केही मन्तव्यहरु राख्दै रक्तदान गरेर कार्यक्रमको शुरुवात गर्नुभएको थियो। रक्तदान गर्ने ब्यक्तिहरुलाइ सम्झना स्वरुप प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि मा.घनश्याम भण्डारी, नेपाली कांग्रेस दैलेख जिल्ला सभापति मनिराम रेग्मी, दैलेख क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति दसरथ खड्काको हातबाट हस्तान्तरण गरिएको थियो।सोही कार्यक्रमलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतको उपसभापति विष्णु खड्काले बिशेश सहयााेग गरेका थिए ।
कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा :
१) प्रेम बहादुर रामजाली मगर – गुराँस ७, दैलेख
२)कमला मल्ल चन्द -नौमुले ८, दैलेख
३) भक्त बहादुर शाही- डुंगेस्वर ५, दैलेख
४)प्रतिमा राना मगर- नौमुले ६,दैलेख
५)असोक राजी- बिरेन्दनगर सुर्खेत
६)गिता सारु मगर- बिरेन्द्रनगर ९,सुर्खेत
७)तुलाराम बोहरा-तिलागुफा ९, जुम्ला
८)बिमला बुढा- बिरेन्द्रनगर ७, सुर्खेत
९)उमेश खड्का-बिरेन्द्रनगर ५, सुर्खेत
१०)नगेन्द्र बहादुर मल्ल-डुंगेस्वर ३, दैलेख
११)पबित्रा थापा मगर- गुराँस ५, दैलेख
१२)टोप बहादुर बुढा- गुराँस ७, दैलेख
१३)होम बहादुर वलि
१४)दिनेश बि.सि. डुंगेस्वर ६, दैलेख
१५)सरोज श्रेष्ठ – बिरेन्द्रनगर ९, सुर्खेत
१६)कलेन्द्र बम – बिरेन्द्रनगर ९, सुर्खेत
१७)सीता चन्द-गुराँस ५,दैलेख
१८)तिला मल्ल-डुंगेस्वर ५, दैलेख
१९)बिष्णु रजाली मगर-बिरेन्द्रनगर ८, सुर्खेत
२०)राम तारामी मगर
२१)शुवर्ण शाही – महाबू ४, दैलेख
२२)प्रेम बहादुर घर्ती मगर
२३)हरिलाल तारामी मगर-बिरेन्द्रनगर १, सुर्खेत
२४)चन्द्र बहादुर खड्का- दुल्लु १३, दैलेख
प्रकाशित मिति: २०२३-०७-१२ , समय : १३:४७:१६ , ५ महिना अगाडि