दिपेन्द्र थापामगर सुर्खेत संवाददाता , ४१५५ पटक हेरिएको

सुर्खेत २७ असार । नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल राष्ट्रिय मगर संघले आफ्नो १७औं स्थापना दिवस देसैभर बिबिध कार्यक्रम गरि मनाएको छ । यसै क्रममा दैलेख जिल्ला कार्यसमितिद्वारा दैलेख जिल्ला नाैमुले गाउँपालिका वडा नम्बर,२ बाल्टार टाेलमा आर्थिक सहयोग वितरण कार्यक्रम गरि आफ्नो जन्म दिवस मनाएकाे छ ।
नौमुले गाउँपालिका २ बाल्टार निवासी सुजल दर्लामी मगर र निर्मला सलामी मगर घरयासी काम गर्ने सिलसिलामा आगोले पाेलीएर आर्थिक अभावका कारण काठमाडौं पुगेर पनि उपचार नगरी फर्कन विवश भएकाथिए । तिनै बिरामी लाई थप उपचारको लागि केही सहयाेग पुगाेस् भन्ने हेतुले तपसिलमा उल्लेखित व्यक्तिहरु द्वारा आर्थिक सहयोग जम्मा गरि रु.२४,५७०|_ (चाैबिस हजार पाँच सय सत्तरी)रुपैया नेपाल राष्ट्रिय मगर संघ दैलेखका सभापति प्रेम पुन मगरले आफ्नो संगठनको स्थापना दिवसको अवसर पारि एक कार्यक्रमका बिच नौमुले गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्ग प्रसाद न्याैपानेलाई हस्तान्तरण गरेका छन ।
उक्त कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमितिका सचिव तथा नौमुले गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर सिंजाली मगर, नेपाली कांग्रेस १४औं महाधिवेशन प्रतिनिधि हरि बहादुर राना मगर , नेपाली कांग्रेस जिल्ला कार्य समितका सदस्य गगन राेका मगर, नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सदस्य सुमित्रा सलामी मगर, नौमुले गाउँपालिका सभापति परे खड्का समाजसेवी रमेश गहतराज लगाएको उपस्थिति रहेकाे थियो ।
आर्थिक सहयोग गर्नेहरुमा :
१. सभापति प्रेम पुन ( समग्रमा रु.६००५) नेपाल राष्ट्रिय मगर संघ
२.वडा अध्यक्ष रुपेश थापा मगर रु २००५|
३. वडा अध्यक्ष टेक बहादुर सिजाली रु.२००५|_
४. शिक्षक गाैरव कठायत १५००|_
५. रमेश गहतराज रु ११५०|_
६.शिक्षक लाल बहादुर पुन मगर रु ११००|_
७. ४ नम्बर वडाअध्यक्ष चन्द्रलाल बस्नेत १०५०|_
८.६ नम्बर वडा पार्टी सभापति दल बहादुर १०२०|_
९ सदस्य गगन बहादुर राेका १००५|_ नेका जिकास, दैलेख
१०. सचिव महेन्द्र कुमार राना रु.१०००|_ नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेश समिति
११. पवित्रा सिजाली महर रु. १०००|_
१२. अमर सलामी मगर १०००|_
१३. पुर्ण बहादुर सलामी रु १०००|_
१४. बल बहादुर बुचा रु१०००|_
१५. हरि बहादुर राना ५०५ |_ महाधिवेशन प्रतिनिधि
१६. सभापति परे खड्का ५०५|_
१७. विष्णु बहादुर सिंह रु ५०५|_
१८. शिक्षक रेशम बहादुर राना ५००|_
१९.करिश्मा सिजाली ५००|_
२०. मनिषा राना २००|_
प्रकाशित मिति: २०२३-०७-१२ , समय : १५:२३:५८ , ५ महिना अगाडि